

भारतको हातमा यू-१९ विश्वकपको उपाधि


एजेन्सी यू-१९ विश्वकपको उपाधि भारतले जितेको छ । गएराति भएको खेलमा इंग्ल्यान्डलाई चार विकेटले पराजित गर्दै भारतले उपाधि हात पारेको हो ।
१ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेटले गुमाउँदै पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धुले सार्वधिक ५४ रन जोडे । शेखर राशिदले ५० रन, हरनुर सिंहले २१ रन, कप्तान यश धुलले १७ रन, राज बावाले ३४ रन जोडे ।
इंग्ल्यान्डका लागि जोशुआ बोयडेन, थोमस एस्पिनवाल र जोम्स सेल्सले समान दुई-दुई वेकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड १ सय ८९ रनमा अल आउट भएको थियो । इंग्लान्डको लागि जेम्स रेवले सार्वधिक ९५ रन जोडेका थिए । उनले १ सय १६ बलमा १३ चौका प्रहार गरेका थिए ।
त्यस्तै जेम्स सेल्सले ३४ रन, जर्ज थोमसले २७ रन जोडे भने अन्यको प्रदर्शन सम्झन लायक रहेन । भारतका लागि राज बावाले ५ विकेट, राज कुमारले ४ विकेट लिए ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया