

चिसोले कठ्याङ्ग्रिएर पाल्पामा दुई जनाको ज्यान गयो


पाल्पा
पाल्पामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गएको छ । ३८ वर्षीय वसन्त गिरी र ५० वर्षीय गणेश परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार तानसेन ४ बडिज्ञानटोलमा भाडामा बस्दै आउनुभएका वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका ४ स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिँड्ने ५० वर्षीय गणेश परियारको ज्यान गएको हो ।
ज्याला मजदुरी गर्दै आउनुभएका गिरी शनिबार बिहान ८ बजे तानसेन नगरपालिका ४ सिल्खानटोलमा पर्ने तानसेन गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा भेटिनुभएकाे थियाे । बेहोस अवस्थामा रहेका उहाँलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।
यस्तै अचेत अवस्थामा तानसेन ६ बसपार्कमा भेटिनुभएका परियारलाई पनि उपचारका लागी जिल्ला अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया