यु-१९ विश्वकप : अस्ट्रेलियालाई तेस्रो स्थान

एजेन्सी

अफगानिस्तानमाथि २ विकेटकाे राेमाञ्चक जित हात पार्दै अस्ट्रेलियाले यु-१९ विश्वकपमा तेस्रो स्थान हासिल गरेकाे छ ।२०२ रनकाे विजयी लक्ष्य अस्ट्रेलियाले पाँच बल बाँकी छँदा आठ विकेट गुमाउँदै पुरा गर्‍याे ।

अस्ट्रेलियाका लागि निवेथान राधाकृष्णन र क्याम्पबेल केल्लावेले अर्धशतकीय पारी खेले ।

९६ बलकाे सामना गरेका राधाकृष्णनले सात चाैकासहित ७७ रन बनाए । ५१ रन जाेडेका केल्लवेले ८२ बलमा तीन चाैका र एक छक्का प्रहार गरे ।

काेरी मिलर, टिग वाइली र लचलान शाले समान १३ रनकाे याेगदान दिए ।

अफगानिस्तानका लागि नङ्गेलिया खरोटेले तीन तथा फैसल खान अहमदजाई र शाहिदउल्लाह हसानीले दुई-दुई विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे ।

यसअघि कुलिज क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेकाे अफगानिस्तानले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन बनाएकाे थियाे ।

अफगानिस्तानका लागि इजाज अहमद अहमदजाईले सर्वाधिक ८१ रनकाे याेगदान दिए । ७९ बलकाे सामना गरेका उनले समान पाँच चाैका र छक्का प्रहार गरे ।

कप्तान सुलिमन सफीले ३७, माेहम्मद इस्हकले ३४ र नुर अहमदले १० रन बनाउँदा अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

अस्ट्रेलियाका लागि निवेथान राधाकृष्णन र विलियम साल्जम्यानले तीन-तीन तथा कुपर काेनाेलीले दुई विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयाे ।

सेमिफाइनलमा अस्ट्रेलिया भारत तथा अफगानिस्तान इंग्ल्यान्डसँग पराजित भएकाे थियाे ।

प्रतिक्रिया

खबर सबै