

काेराेनाबाट एकै दिन १६ जनाकाे ज्यान गयाे, २५ सय सङ्क्रमित थपिए





काठमाण्डाै
काेराेना भाइरसकाे सङ्क्रमणबाट नेपालमा २४ घण्टामा १६ जनाकाे ज्यान गएकाे छ । याेसहित काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार सात सय ९४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै २४ घण्टामा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी ११ हजार ७३ जनाकाे नमुना परीक्षण गर्दा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै थप आठ हजार चार सय २५ जना काेराना सङ्क्रमणबाट मुक्त भएका छन् । याे सङ्ख्यासहित नेपालमा काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या आठ लाख ९५ हजार आठ सय ८६ पुगेकाे छ । अहिले नेपालमा ५६ हजार चार सय ५७ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।
यसैबीच नेपालमा थप पाँच लाख १३ हजार ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा एक करोड ५१ लाख ८३ हजार चार सय ४६ जनाले पूर्ण मात्रा र एक करोड ७४ लाख ९५ हजार चार सय ९४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । अतिरिक्त मात्रा खोप लगाउनेको सङ्ख्या पाँच लाख ५८ हजार नौ सय ५० पुगेको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया