

ब्राउन सुगर र नगद रकमसहित ४ जना पक्राउ


बाँके ।
लागुऔषध ब्राउन सुगर र १ लाख ६२ हजार रुपैयाँ नगदसहित ४ जना पक्राउ परेका छन् ।
बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका(७ गगनगञ्ज बस्ने २८ वर्षीय आदित्य श्रेष्ठ, २६ वर्षीय अंकित श्रेष्ठ, २४ वर्षीय शुभम मानन्धर र सुर्खेत वीरेन्द्रनगर नगरपालिका(६ बस्ने ३८ वर्षीय गणेश भण्डारीलाई पक्राउ गरेको हो ।
बिहीबार दिउँसो करिब सवा ३ बजेतिर आदित्यको घरमा लागुऔषध ब्राउन सुगर ल्याई बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगन्ज र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उनीबाट ३० ग्राम ब्राउन सुगर, तराजु र नगद १० हजार बरामद गरेको थियो।
त्यस्तै उनीसँगै रहेका अंकित र गणेशका साथबाट १ लाख ३४ हजार नगद फेला पारी उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जिप्रका बाँकेले जनाएको छ।
त्यस्तै प्रहरीले मानन्धरलाई दिउँसो करिब २ बजेतिर लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
उनले आफ्नो घरमा लागुऔषध ब्राउन सुगर ल्याई बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनको कोठा खानतलासी गर्दा ९ वटा पुडिया बनाई राखेको तौल गर्दा ६ ग्राम ब्राउन सुगर फेला पारेको थियो।
साथै उनका साथबाट नगद १८ हजार ३ सय र प्लाष्टिकको रोल पनि बरामद भएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया