

काेराेनाबाट एकै दिन १४ जनाकाे ज्यान गयाे, थप ३ हजार १ सय ७५ जनामा सङ्क्रमण





काठमाण्डाै
नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना भाइरसकाे सङ्क्रमणबाट १४ जनाकाे ज्यान गएकाे छ । याेसहित नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार सात सय ७८ पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै नेपालमा थप तीन हजार एक सय ७५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय पाँच जनाकाे नमुना परीक्षण गर्दा तीन हजार एक सय ७५ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा आठ हजार सात सय २३ जना सङ्क्रमणमुक्त भएका छन् । याेसहित नेपालमा काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या आठ लाख ८७ हजार चार सय ४३ पुगेकाे छ । अहिले नेपालमा ६३ हजार दुई सय ९६ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच नेपालमा थप दुई लाख ६६ हजार पाँच सय ४० जनाले कोरोना खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड २७ लाख २४ हजार आठ सय ३९ मात्रा खोपको प्रयोग भएको छ । यसमा एक करोड ७३ लाख दुई हजार सात सय ८७ जनाले कम्तीमा एक मात्रा, एक करोड ४९ लाख २७ हजार आठ सय ९८ जनाले पूर्ण मात्रा र ४९ लाख ४१ हजार पाँच सय ४१ जनाले अतिरिक्त खोप लगाएका मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया