

बागमती किनार अतिक्रमण, संरचना हटाउन सूचना जारी

बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त ग-यो तर खाली भने भएनन् ।
समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र बस्ती हटाउन यस्तै सूचना जारी गर्दै आएको छ । नदी किनारको जग्गा खाली गर्न बस्तीमा डोजर लगाएर भत्काउने काम पनि भएको थियो तर बस्ती भने थप विस्तार हुँदै आयो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ वैशाखमा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर लगाइएको थियो तर एक महिनामै बस्ती थप विस्तार भयो ।
पटक–पटक सूचना जारी गरी हटाउने पहल गर्दा पनि असफल भएपछि समितिले दुई चरणमा खाली गर्ने योजना बनाएर काम अघि बढाएको छ । यसअघि पहिलो चरणमा गुह्येश्वरीदेखि गोकर्णसम्म क्षेत्रको नदी किनारका अस्थायी संरचना भत्काइएको थियो । माघ २१ गतेसम्म स्थायी प्रकृतिका संरचना हटाउन सूचना जारी भएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया