

५७ देशमा फैलियो ओमोक्रनको ‘सब भेरियन्ट’, पहिलो भेरियन्टभन्दा थप संक्रामक





काठमाण्डौँ
विश्व स्वास्थ्य संगठनले ओमोक्रन भेरियन्टको ुसब भेरियन्टु ५७ देशमा फैलिसकेको जनाएको छ। निकै संक्रामक भनिएको ओमोक्रन भन्दा यो नयाँ सब भेरियन्ट थप संक्रामक रहेको वैज्ञानिकहरुले बताउँदै आएका छन्। ओमोक्रनको पहिलो भेरियन्ट (BA.1) भने १६५ भन्दा बढी देशमा फैलिसकेको छ।
संगठनले विभिन्न देशमा ५० प्रतिशतभन्दा बढी संक्रमितहरुमा ‘सब भेरियन्ट’ देखिएको जनाएको छ। BA.2 नाम दिइएको यो ‘सब भेरियन्ट’ को थप अध्ययन भइरहेको छ। हाल भएको अनुसन्धानका क्रममा भने ओमोक्रनको पहिलो भेरियन्ट भन्दा सब भेरियन्ट थप संक्रामक भेटिएको छ।
डेनमार्कका वैज्ञानिकहरुले गरेको अध्ययनका क्रममा यो सब भेरियन्ट पहिलो भेरियन्टभन्दा ३३ प्रतिशत थप संक्रामक पाइएको छ। यो सब भेरियन्टबाट संक्रमित व्यक्ति घरमा भए अरु सदस्यमा संक्रमण फैलिन सक्ने सम्भावना ३९ रहने देखिएको छ। पहिलो भेरियन्टबाट घरमा नै संक्रमण फैलिन सक्ने सम्भावना २९ प्रतिशत छ।
तर, यी दुवै भेरियन्टले डेल्ट भेरियन्टले झै संक्रमितलाई गम्भीर भने बनाएको छैन।
संगठनका अनुसार हाल विश्वमा देखिएको कोरोना संक्रमणका केसहरुमा ९३ प्रतिशत ओमोक्रनबाट संक्रमित छन्। जसमा नयाँ सब भेरियन्टसँगै अन्य भेरियन्टहरु पनि छन्।
हाल पनि BA.1 र BA.1.1 का कारण विश्वमा ९६ प्रतिशत संक्रमणहरु फैलिरहेपनि युरोप र एसियामा BA.2 फैलिने क्रम तीव्र छ। भारतमा पनि संक्रमितहरुमा नयाँ सब भेरियन्टका केसहरु धेरै भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया