

मोरिसविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको तनावपूर्ण जित



काठमाडौं । मोरिसविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालको तनावपूर्ण जित भएको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न भएको खेलमा मोरिससविरुद्ध नेपालले तनावपूर्ण (१–०) विजयी भएको हो ।
नेपालका लागि सुजल श्रेष्ठ १० औं मिनेटमा गोल गरेका प्रहार गरेका थिए । र, त्यहीँ गोल नै नेपालका लागि विजयी गोल बनेको थियो । खेलमा दुवै पक्षबीच हात हालाहालसमेत भएको थियो भने रेफ्रिले दुवै टिमका खेलाडीलाई रातो कार्ड देखाउँदै खेल मैदानबाट बाहिर पठाएका थिए ।
खेलको अन्त्यमा मोरिसन ९ र नेपाल १० खेलाडीमा सीमित भएको थियो । खेलको ७० औं मिनेटमा दुवै टिमका खेलाडीबीच हात हालाहाल भएको थियो ।
रेफ्री नवीन्द्र महर्जनले मोरिससका एडरिन बोटबर र नेपालका पुजन उपरकोटीलाई सिधै रातो कार्ड देखाएका थिए ।
पछि नेपाली गोलरक्षक प्रशिक्षक विकास मल्लले पनि रातो कार्ड पाएका थिए । खेल मैत्रीपूर्ण भनिए पनि तनावपूर्ण सम्पन्न भएको थियो ।
खेलमा मानसिक र शारीरिक ध्यान दिनुपर्ने अवस्थामा खेल द्वन्द्वमा परिणत भएको थियो । यसैबीच राती भएका कारण खेलमा पर्याप्त प्रकाश नभएपछि रेफ्री नवीन्द्रले १० मिनेट खेलका लागि रोकेका थिए ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया