

थप ५ हजार ५ सय ८३ जनामा काेराेना पुष्टि, ८ हजारभन्दा धेरै जना निकाे भए


काठमाण्डाै
आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । लगातार पछिल्लो चार दिनदेखि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार पाँच सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ६ सय ७४ जनाको नमुना परीक्षण गर्दा पाँच हजार पाँच सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा आठ हजार दुई सय ६७ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप नौ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ७४ हजार ६ सय ५३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया