


नयाँ पार्टी खोल्दै वामदेव गौतम



काठमाडौँ
नेकपा एमालेबाट अलग भएर केही समयदेखि स्वतन्त्र बसिरहेका नेता वामदेव गौतम आफ्नै नयाँ पार्टी खोल्ने तयारीमा छन् । एमालेको उपाध्यक्षबाट राजीनामा दिएपछि उनी न माधव नेपालले खोलेको एकीकृत समाजवादीमा समेत लागेनन् । अहिले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने तयारीमा उनी जुटेको बताइएको छ ।
पूर्व–उपप्रधानमन्त्री समेत रहेका गौतम तत्कालीन नेकपा विभाजन हुन लाग्दा राष्ट्रिय एकता अभियानका संयोजक थिए । हाल राष्ट्रिय सभाका सदस्य रहेका गौतमले गौतमले यही माघभित्रै नयाँ पार्टी खोल्ने जानकारी गराएका छन् । तर पार्टीको नाम भने सार्वजनिक गरिएको छैन ।
पछिल्लो समय नेकपा एमाले समेत विभाजन भएपछि गौतम कुनै खेमामा लागेनन् । हुनत विगतमा गौतमले २०५४ सालमा तत्कालीन नेकपा एमालेबाट अलग भई नेकपा माले गठन गरेका थिए । त्यसको २०५८ मा पुनः एमालेसँगै एकता गरेका थिए ।
यसअघि नेकपा एमाले र माओवादी केन्द्रको एकता गराएर नेकपा बनाउन अहं भूमिका खेलेका गौतम २०७४ सालको संसदीय चुनावमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका थिए । तर पछि २०७७ मा उनलाई राष्ट्रिय सभामा मनोनित गरियो ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया