६९ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य सामग्री वितरण

राजेन्द्र खनाल, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँ स्थित मोतिपुर स्वास्थ्य चौकीमा ६९ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा कार्यक्रम गरिएको छ । शुन्य कुष्ठरोगको लागि हाम्रो प्रतिबद्धता, आत्मसम्मानका लागि एक्यबद्धता भन्ने नाराका साथ आयोजित कार्यक्रममा कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्था बाणगंगाका सदस्यहरुको कोरोना एन्टिजेन परिक्षण गरिएको छ भने स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
संस्थाका उपाध्यक्ष पदम न्यौपानेको अध्यक्षता सहित बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलको प्रमूख आतिथ्यता रहेको कार्यक्रममा लेप्रोसी मिसन टु नेपाल इम्प्याक्ट परियोजनाका ढाकाराम अधिकारी र पार्वती पौडेलको आतिथ्यता रहेको थियो भने मोतिपुर स्वास्थय चौकी इन्चार्ज हिमलाल घिमिरे लगाएत कृषि सहकारी संस्थाका सदस्य करिब ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमूख पौडेलले अपाङ्गता भएका तथा कुष्ठरोग प्रभावित व्यक्तिहरुलाई मास्क र साबु्न वितरण गर्नुभयो । यस्तै द लेप्रोसी मिसन नेपालका ढाकाराम घिमिरे र पार्वती पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले कपिलवस्तुमा कुष्ठरोगको बढ्दो प्रकोपले कुष्ठरोग निवारणमा चुनौती थपिएको बताउनुभयो । यस्तै उहाँले देशभरी मै सबैभन्दा बढी कुष्ठरोगी कपिलवस्तु जिल्लामा रहेको भन्दै निवारणमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।
यसैबिच कृषि सहकारी संस्थाका ३५ जना सदस्यको कोरोना एन्टिजेन जाँच गर्दा ९ जनाको रिर्पोट पोजेटिभ देखिएको पनि स्वास्थ्य चौकी मोतिपुरले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै