कपिलवस्तुमा कोरोनाका संक्रिय संक्रमितको संख्या ५ सय बढी

नवराज बेल्वासे

यति बेला देशभर कोरोनाको तेस्रो लहर चलेको छ । सरकारले विद्यालयहरु बन्द गरेको छ भने भिडभाड हुने कार्यक्रम तथा सार्वजजिक स्थानमा २५ जना भन्दा धेरै भेला हुन समेत रोक लगाएको छ ,  सरकारी कार्यालय तथा अन्य क्षेत्रमा भने कोभिड बिरुद्ध खोप लगाएको खोप कार्डलाई अनिर्वाय गरेको छ ।

पछिल्लो दुई दिन देशभरबाट भने कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या धेरै रहेका कारण कोरोनाको संक्रमण दर घटेको अनुमान गर्न सकिन्छ भने पछिल्लो चार दिनमा ३२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यसरी हेर्दा संक्रमण दर घटे पनि मृत्यु भने बढी भएको मानिन्छ ।

यता कपिलवस्तु जिल्लामा भने संक्रिय संक्रमितको संख्या ५५२ पुगेको छ । जिल्लाको १० ओटा स्थानिय तहमा नै कोरोना संक्रमित रहेका छन् । यि १० मध्ये कपिलवस्तु नगरपालिका भने सबै भन्दा धेरै संक्रिय संक्रमित रहेका छन् ।

हाल सम्म कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।

कुन स्थानिय तहमा कति संक्रमित हेर्नुहोस्

प्रतिक्रिया

खबर सबै