

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै


काठमाण्डाै
आज आइतवार पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । हिजो शनिवार पनि काेराेना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै रहेको थियो ।
पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार एक सय ४५ जनाको नमुना परीक्षण गर्दा तीन हजार पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ५९ जना निको भएका छन् । यस्तै थप ३२ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । यो २४ घण्टाको नभइ यस अघि विवरण प्राप्त हुन बाँकी घटनाहरू रहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो ।
अहिले नेपालमा ८३ हजार नौ सय ९९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया