

पेनाल्टीमा आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा


काठमाण्डाै
त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा आज बिहीवार भएकाे खेलमा मनाङले आर्मीलाई पेनाल्टीमा चार–तीन गोलले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।
खेलको नवौँ मिनेटमा मनाङले पेनाल्टी पाए पनि विमल रानाले गोल गर्न सकेनन् । मनाङले अहिलेसम्म ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङले अब उपाधिका लागि पर्सि शनिवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।
हिजो बुधवार मच्छिन्द्रलाई तीन–एक गोलले हराउँदै एपीएफ फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया