

नेपाल दक्षिण एसियामा धेरै प्रतिशत खोप लगाउने सूचीमा


काठमाण्डाै
नेपाल दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने देशको सूचीमा परेको छ । आउँदो चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने सरकारको लक्ष्य छ । तर अहिलेसम्म ७१ प्रतिशतले पहिलो मात्रा र ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका सरकारको तथ्याङक छ ।
सरकारले नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिने गरेको छ । प्रदेश एकमा अहिलेसम्म १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाएका छन् भने ६० प्रतिशतले पूर्णमात्रा खोप प्राप्त गरेका छन् । यस्तै मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा र ५३ प्रतिशतले पूर्ण मात्रा, बागमती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्णमात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ८९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा, कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा र ५५ प्रतिशतले पूर्ण मात्रा तथा सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा र ६२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको तथ्याङक छ ।
सरकारले फ्रन्टलाइनमा खटिने तथा अत्यावश्यक सेवामा कार्यरत नागरिकलाई निःशुल्क बुस्टर डोज पनि दिइरहेको छ । अहिलेसम्म दुई लाख २३ हजार ९ सय ४४ जनाले बुस्टर डोज खोप लगाइसकेका छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया