

कोभिड–१९ बाट सुरक्षित रहन नभुल्नुस् जनस्वास्थ्यका यी मापदण्ड


काठमाडौं
सरकारले कोभिड–१९ संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेको छ । संक्रमण निरन्तर बढ्दै गइरहेको भन्दै यसबाट जोगिन चिया पसल तथा चौतारीमा भिडभाड नगर्न स्वास्थ्य चता जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कार्यालय तथा सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न आग्रह गर्दै आएको मन्त्रालयले पालो आएपछि खोप लगाउन भनेको छ । स्वास्थ्य सुरक्षाका नियमित मापदण्ड पालना गर्न नभुल्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
माघ महिनाका ११ दिनमा मात्रै १ लाख २५ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोभिड १९ संक्रमित हुनेको जम्मा संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या अहिले ८८ हजार ९३४ छ ।
यीमध्ये ५६ हजार ८८२ सक्रिय संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लासहित झापा, मोरङ, सुनसरी, धनुषा,चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी, रूपन्देही, बाँके र कैलाली रेड जोनमा छन् ।
यी जिल्लामा ६ सयदेखि ९ हजार जनासम्म सक्रिय संक्रमित रहेका छन् ।









खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया