

थप १० हजार ३ सय १९ जनामा कोरोना पुष्टि





काठमाण्डाै
पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार तीन सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २१ हजार दुई सय एक जनाको नमुना परीक्षण गर्दा ४८ दशमलव ६७ प्रतिशत अर्थात् १० हजार तीन सय १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो दुई हप्तादेखि सङ्क्रमण दर ५० प्रतिशतको हाराहारीमा रहेको मन्त्रालयकाे तथ्याङ्कले देखाएकाे छ ।
यस्तै थप दुई हजार पाँच सय ४० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख २४ हजार दुई सय ३९ पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८२ हजार पाँच सय ५० जना पुगेको छ । काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार आठ सय जना नाघेको छ । काठमाण्डौ जिल्लामा मात्रै ३८ हजार पाँच सय जना सक्रिय सङ्क्रमित रहेका छन् । अहिले देशभरि दुई सय ३८ जनाको आईसीयू र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
२४ घण्टामा थप चार जनाको ज्यान गएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५ सय ५९ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख १९ हजार तीन सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड २९ लाख ६६ हजार जनाले पूर्ण मात्रा र एक लाख ६८ हजार नौ सय जनाले अतिरिक्त मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया