

भारतविरुद्ध तीन एक दिवसीय शृङ्खला दक्षिण अफ्रिकाद्वारा क्लिनस्वीप


काठमाडौं
भारतसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले क्लिनस्वीप गरेको छ । आइतबार राति भएको तेस्रो खेलमा भारतमाथि चार रनको जित निकाल्दै दक्षिण अफ्रिकाले शृङ्खला क्लिनस्वीप गरेको हो ।
केपटाउनमा दक्षिण अफ्रिकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ८३ रन मात्रै बनाउन सक्याे । भारतका लागि विराट कोहलीले ६५ तथा शिखर धवनले ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै दीपक चाहरले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा सूर्यकुमार यादवले ३९ रन जोडे । श्रेयस आयरले २६ रन जोडे भने कप्तान केएल राहुल ९ रनमा आउट भए ।
दक्षिण अफ्रीकाका लुंगी एनजीडी र एडिलेले तीन/तीन विकेट लिए । ड्वाने प्रिटोरीउसले दुई विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८७ रन जोडेको थियो ।
दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले १ सय २४ रनको शतकीय इनिङ्स खेले । रस्सी भान डेर डुसेनले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा डेभिड मिल्लरले ३९ रन बनाए । भारतका प्रसिद्ध कृष्णले तीन तथा दीपक चाहर र जस्प्रित बुम्राहले दुई/दुई विकेट लिए ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया