

‘नेपालमा सङ्क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन, डेल्टा भेरिएन्टको सङ्क्रमण घट्दो’


काठमाण्डाै
नेपालमा काेभिड १९ (काेराेना भाइरस) काे ओमिक्रोन भेरिएन्टले डेल्टा भेरिएन्टलाई प्रतिस्थापन गर्दै गएको पाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन र चार वटामा डेल्टा भेरिएन्ट देखिएको बताउनुभयो ।
नेपालमा भइरहेको पछिल्लो सङ्क्रमणमा ८८ प्रतिशतमा ओमिक्रोन पाइएको र विश्वव्यापी रूपमा जस्तै नेपालमा पनि डेल्टालाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको पाइएको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
ओमिक्रोन भेरिएन्टकाे सङ्क्रमण गति तीव्र हुने भएकाले स्वास्थ्यका पूर्ण मापदण्ड पालना गर्न उहाँले आग्रह गर्नुभयो । कोरोनाको लक्षण देखिएमा अनिवार्य रूपमा क्वरेण्टीनमा बस्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया