

खेलकुदमा फेरि कोरोना कहर



काठमाडौं / पत्रपत्रिका
कोरोना कहरका कारण मोफसलको सर्वाधिक लोकप्रिय आहा रारा गोल्ड कपको २०औँ संस्करण बिनादर्शक सञ्चालन भइरहेको छ । दर्शकबिना प्रतियोगिता सञ्चालन गर्नु आर्थिक दृष्टिले पनि आयोजकका लागि ठूलो धक्का लागेको छ ।
कोरोनाकै कारण दशरथ रंगशालामा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगसमेत प्रभावित बन्यो । च्यासलका १९ जना खेलाडीमा संक्रमण देखिएपछि च्यासल र नेपाल पुलिसबीच नवौँ चरणको खेल स्थगित नै भएको छ ।
कोरोनाको संक्रमण दर बढेसँगै जारी प्रतियोगिता प्रभावित भएको मात्र होइन । सञ्चालनको मुखमा रहेका अधिकांश खेलकुद प्रतियोगिता रद्द नै गरिएका छन् । काठमाडौँमा माघ १५ गतेका लागि तय भएको ‘केटीएम रन’ पनि स्थगित भएको छ ।
मोफसलमा सञ्चालन हुन लागेको नकआउट फुटबल प्रतियोगिता पनि स्थगित हुनेक्रम सुरु भएको छ । आयोजकले हेटौँडामा हुने शहिद स्मृति गोल्ड कप र धनगढीमा हुने खप्तड गोल्डकप रद्द गरिसकेको छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया