

प्रिमियर लिग : सिटी बराबरीमा रोकियो, म्यानचेस्टर युनाइटेडसँग वेस्टह्याम पराजित

एजेन्सी
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी साउथह्याम्टनसँग बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले १२औँ स्थानमा रहेको साउथह्याम्टनसँग एक-एक गोलको बराबरी गरेको हो ।
खेलको सातौँ मिटेनमा साउथह्याम्टनका केली वाल्कर पिटर्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६५औँ मिनेटमा एम्रिक लापोर्टेले गोल गर्दै सिटीलाई हारबाट जोगाए ।
बराबरीसँगै म्यानचेस्टर सिटीको ५७ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको ४५ अङ्क छ । यस्तै, गएराति नै भएका अरु खेलमा म्यानचेस्टर युनाइटेड, न्युक्यासल, वुल्भ्स् र एस्टोन भिल्ला विजयी भएका छन् ।
म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई, न्यु क्यासलले लिडस् युनाइटेडलाई र एस्टोन भिल्लाले एभर्टनलनई १–० गोल अन्तरले हराए भने वुल्भ्स्सँग ब्रेनफोर्ड २–१ गोल अन्तरले पराजित भयो ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया