

नेपाल, आयरल्यान्डसहित चार देशबीच टि२० आई सिरिज हुने



काठमाडौं
नेपालले टेस्ट टोली आयरल्यान्डसहित चार टोली सम्मिलित टि२० आई सिरिज खेल्ने भएको छ । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अघि नेपालले चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, ओमान, आयरल्यान्ड र युएई गरि चार देशबीच हुने टि२० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । चार देशले एक अर्काबीच सिरिज खेल्नेछन् । नेपालले पहिलो खेल फेब्रुअरी ११ मा ओमानसँग खेल्ने छ । दोस्रो खेल फेब्रुअरी १२ मा युएई र तेस्रो तथा अन्तिम खेल नेपालले फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ । विश्वकप छनोट अघि तयारको लागि उक्त सिरिज आयोजना हुन लागेको हो ।
फेब्रुअरी १५ देखि ग्लोबल छनोट ए सुरु हुनेछ । नेपाल, ओमान, फिलिपिन्स र क्यानडा समूह बी मा छन् । आयरल्यान्ड, बहराइन, जमर्नी र युएई समूह ए मा छन् । शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् । नेपाल सन् २०१४ पछि पहिलो पटक विश्वकपमा स्थान बनाउने सोचमा छ ।

नेपालले सन्दीप लामिछानको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ । नेपालले पहिलो खेल फेब्रुअरी १८ मा ओमान, फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानडासँग खेल्ने बताइएको छ । यद्यपी औपचारिक रुपमा खेल तालिका भने सार्वजनिक भएको छैन ।
नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया