

महिनौसम्म रहन्छन् दिमागसँग जोडिएका ओमिक्रोनका यी लक्षण





एजेन्सी
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भएपनि कसैलाई त केही लक्षण देखिएको छैन् । तर, यसले दिमागमा असर गर्ने शोधकर्ताहरु बताउँछन् । ओमिक्रोनको असरले मानिसहरुको काम गर्ने इच्छा नलाग्ने, एकाग्रतामा कमि, निन्द्रा खराब हुने र कुनै काम पनि राम्रोसँग गर्न मन नलाग्ने जस्ता समस्या देखिने शोधकर्ताहरुले दाबी गरेका छन् ।
अहिले ओमिक्रोनको लक्षण प्रत्येक व्यक्तिमा फरक–फरक देखिएका छन् । नयाँ अनुसन्धान अनुसार ओमिक्रोनको एक लक्षण केही महिनासम्म रहन्छ । यो कम हुनलाई वर्र्षाै लाग्ने बताइएको छ । यसको कारण व्यक्तिको काममा असर पर्ने देखिएको छ । शोधकर्ताहरुले ‘ब्रेन फाँग’बाट यो लक्षणको पहिचान गरेका हुन् । ब्रेन फाँगको असर चेतनामा पर्छ । यो अध्ययन अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताले गरेका हुन्।
उनीहरुको अनुसार संक्रमित व्यक्तिहरुलाई कुनै लक्षण नदेखिएपनि ब्रेन फाँग देखिएको छ । संक्रमण भएका व्यक्ति ६ देखि ९ महिनापछि सामान्य स्थितिमा फर्किएको शोधकर्ताहरुले दाबी गरेका छन् । लामो समयसम्म संक्रमित हुने व्यक्तिलाई खोकी, मुटुको अनियमित धड्कन, मासंपेशी दुख्ने, अनिन्द्रा जस्ता लक्षणसँगै ब्रेन फाँग हुन सक्छ । ब्रेन फाँगले काम गर्ने इच्छा हराउछ भने एकाग्रतामा कमी, निन्द्रा नलाग्ने, कुनै पनि काम राम्रोसँग गर्न मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यो अनुसन्धान १३६ जनामा गरिएको थियो ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया