


स्थानीय तह खाली राखेर प्रतिनिधिसभा निर्वाचनमा जान सकिँदैन : गगन थापा



काठमाण्डौँ
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन पछाडि धकेल्ने सत्ता गठबन्धनकै निर्णयको विरोधमा उत्रिएका छन्।
उनले गठबन्धनले पहिले संघीय र प्रदेशसभा निर्वाचन गर्न छलफल चलाइरहँदा यसबारे निर्णय लिँदा स्थानीय तह रिक्त राख्न नहुने बताएका हुन्।
निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक हुने टिप्पणी उनले गरेका हुन्।
मंगलबार बसेको सत्ता गठबन्धनको समन्वय समिति बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख-जेठमा संघीय र प्रदेशसभा निर्वाचन गर्नुपर्ने बताएका थिए।
माओवादीसित नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा नेपालले पहिले प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने कुरा सत्ता गठबन्धनमा राखेका थिए।
‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन’, उनले भनेका छन्, ‘अत: निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक हुन्छ। कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ।’


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया