

भेरोसेलको मौज्दात कम, पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका दिइने


काठमाण्डाै
स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको भेरोसेलको अभाव हुन सक्ने भन्दै पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन निर्देशन दिएको छ ।
भेरोसेल खोपको मौज्दात देशैभर कम भएको भन्दै विभागले पहिलो मात्रा लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन भनेको हो । विभागको परिवार कल्याण महाशाखाले परिपत्र गर्दै ७ वटै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।
विभागका महानिर्देशक डाक्टर दीपेन्द्र रमन सिंहले खोपको व्यवस्थापन गर्न पहिलो डोजमा अब कोभिसिल्ड दिने तयारी गरेको बताउनुभयो । तर, यसअघि पहिलो र दोस्रो डोजमा भेरोसेल खोप लगाएका अग्रपङ्क्तिमा खटिनेहरुले भने बुस्टर डोजमा भेरोसेल खोप पाउने पनि उहाँले स्पष्ट पार्नुभयो । त्यसका लागि यस अघिको खोप कार्ड भने अनिवार्य लैजानु पर्नेछ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया