

पछिल्लो २४ घण्टामा ब्राजिलमा २ लाख बढी संक्रमित थपिए, मृत्यु संख्या दिन प्रतिदिन बढ्दै

एजेन्सी
ब्राजिलमा गएको २४ घण्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार यहाँ पछिल्लो समयमा कोरोना भाइरसको संक्रमणसँगै मृत्युको संख्या पनि अघिल्लो महिनाका तुलनामा बढिरहेको छ ।
यस देशमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि ६ लाख २१ हजार ८८५ जनाको ज्यान गएको छ ।ब्राजिल कोरोना भाइरसका कारण ज्यान जाने विश्वकै दोस्रो ठूलो देश हो । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ ।
यसैगरी यहाँ गएको २४ घण्टामा २ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । यहाँ अहिलेसम्ममा २ करोड ३४ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका ब्राजिलको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखाइएको छ ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया