

भारत दक्षिण अफ्रिकासँग ३१ रनले पराजित



काठमाडौं
कप्तान टेम्बा बभुमा र रेसी भान डेर डुसानको शतकप्रेरित दक्षिण अफ्रिकाले बुधबार राति पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ३१ रनले हराएको छ ।
बोल्यान्ड पार्कमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर २९६ रन बनाएको थियो । २९७ रनको लक्ष्य पछ्याएको भारतले आठ विकेट गुमाएर २६५ रन मात्र बनाउन सक्यो ।
जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता लिएको छ ।
घरेलु टोलीका बभुमाले १४३ बलमा आठ चौकासहित ११० रन बनाए । भान डेर डुसानले ९६ बलमा ९ चौका र ४ छक्कासहित अविजित १२९ रन बनाए । क्विनटन डी ककले २७ रन बनाए । भारतका जसप्रित बुमराहले दुई र रविचन्द्रन आश्विनले एक विकेट लिए ।
२९७ रनको लक्ष्य पछ्याएको भारतका लागि शिखर धवनले सबभन्दा धेरै ७९, विराट कोहलीले ५१ रन बनाउँदा शार्दुल ठाकुरले अविजित ५० रन बनाए । श्रेयस ऐयरले १७ र रिशभ पन्तले १६ रन बनाए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
दक्षिण अफ्रिाका लुङ्गी एनगिडी, एन्डील फेहलुकवायो र तब्राज शाम्सीले समान दुई विकेट लिए । केशब माहराज र एइडेन मारक्रमले एक एक विकेट लिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया