शिक्षक थापाको स्मृति : वाणगंगामा फुटवल प्रतियोगिता सुरु

कपिलवस्तु
कपिलवस्तु ओएसिस क्लवको आयोजनामा जिल्लाको वाणगंगा नगरपनलिका ८ मा आज देखि फुटबल प्रतियोगिता सुरु भएको हो । स्वर्गिय कमल थापाको लमजुङमा भएको सवारी दुर्घटनामा परि ज्यान गएको थियो। क्लव का संस्थापक सचिव रहेका थापा पेशाले भने शिक्षक थिए। थापाले युवा हरुमाझ आफ्नो छुट्टै पहिचान बनाएका थिए।

प्रतियोगिताको उद्घाटन कार्यक्रम वाणगंगा ८ का वडाध्यक्ष गुणानिधि भूसालको प्रमुख आतिथ्यता रहेको भने विशिष्ठ अतिथि को रूपमा स्वर्गीय थापा का पिता नर बहादुर दर्लामी र विभिन्न सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कमल थापाको नाममा संचय कोषको निर्माण गरिने र आफू पनि युवा अवस्थामा खेलाडी रहेको र खेल प्रति रुचि रहेको वडा अध्यक्ष भुसालले बताउनुभएको थियो।

आयोजक को तर्फ बाट बोल्दै युवा अभियन्ता विशाल अधिकारीले कमल थापा ले गरेका सामाजिक काम लाई निरन्तरता दिने र युवा हरु को साथ मा सधै उभिने बताउनु भएको थियो ।
आज भएको पहिलो खेलमा आयोजक ए टिमले अल स्टार क्लवलाई २-० गोल अन्तरले पराजित गरेको छ भने आजै भएको दोस्रो खेलमा पडेरियाले मोतिपुर डाडाँलाई ३–० गोल अन्तरले पराजित गरेको छ । भने अर्का खेलमा बनगाई र जिनुवाबीचको खेलमा बनगाई ३–१ गोल अन्तरले विजय भएको छ ।

नेपाल सरकारले पालना गर्न भनेका सम्पूर्ण स्वास्थ्यका मापदण्ड पालना गरि प्रतियोगिता भईरहेको क्लव का अध्यक्ष प्रमोद गिरी ले जानकारी गराउनु भयो।
प्रतियोगितको विजेता टिमले रु.१५ हजार,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले रु.७ हजार ५ सय, मेडल र प्रमाण प्राप्त गर्ने छ । प्रतियोगितामा साविक मोतिपुर र भलवाड गा.वि.सका गरी ८ ओटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

खबर सबै