

थप ६ हजार ७ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि : सक्रिय सङ्क्रमित ३० हजार नाघे





काठमाण्डौ
नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणमा ६ हजार ७ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा सक्रिय सङक्रमितको सख्या ३० हजार ८ सय ७७ रहेको छ । गएको २४ घण्टामा कोरोनाका कारण तीन जनाले ज्यान गुमाएका छन् । याेसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ६ सय २३ जना पुगेको छ ।
गएको २४ घण्टामा ५ सय ४७ जना कोरोना सङक्रमित निको भएका छन् । यस्तै २४ घण्टामा १ लाख ४३ हजार ३ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अब नेपालमा कोरोनाको खोप लगाउनेको संख्या २ करोड ८१ लाख ८ हजार ८ सय ६० जना पुगेको छ । यसमध्ये १ करोड ५८ लाख ९५ हजार ८ सय २८ जनाले एकमात्रा र १ करोड २२ लाख १३ हजार ३२ जनाले दुबै डोज खोप लगाएका मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया