

बुद्धभूमिका विद्यालयमा २५ पुष देखि हिउँदे बिदा

कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमि नगरापलिकाले नगर अन्तरगतका विद्यालयमा हिउँदा विदाको घोषणा गरेको छ । नगरपालिकाको शिक्षा शाखाद्धारा जारी सूचना अनुसार बुद्धभुमिका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा हिउँदे बिदाको निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत कृष्णप्रसाद भट्टाराईकले बताउनुभयो ।
भट्टराईका अनुसार शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले हिउँदे विदा दिने निर्णय गरेको हो । समितिको निर्णय अनुसार बुद्धभुमिमा अब पुष २५ गते देखि पुष ३० सम्मका लागि बिदा दिइएको छ ।
कपिलवस्तु सहित देशभर बढिरहेको चिसोका कारण नगरपालिका अन्र्तगतका विद्यालयमा अध्ययन गर्ने बालवालिकाहरु बढि प्रभावित भएको उल्लेख गर्दै बिदा दिइएको हो । यसैबिच यस अघि जिल्लाको कृष्णनगर नगरपालिकाले समेत चिसो बढेको भन्दै विद्यालयमा तीन दिनको विदा दिएको थियो । यस्तै महाराजगञ्ज नगरपालिकाले पनि नगर अन्र्तगतका विद्यालयमा विदा दिएको थियो ।
यता बाणगंगा नगरपालिकामा भने पुष २२ गते देखि अर्धबार्षिक परीक्षा संचालन भएको छ । संस्थागत विद्यालयहरुले आफ्नै किसिमले परीक्षा लिएको भए पनि सामुदायिक विद्यालयहरुले भने नगरपालिका अन्र्तगतको परीक्षा समितिको निर्णय अनुसार अर्धवार्षिक परीक्षा संचालन गरेका हुन । बढ्दो चिसोका कारण जिल्लाका अन्य पालिकाहरुले पनि हिउँदे बिदाको तयारी गरेका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु










प्रतिक्रिया