बुद्धभूमिका विद्यालयमा २५ पुष देखि हिउँदे बिदा

कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमि नगरापलिकाले नगर अन्तरगतका विद्यालयमा हिउँदा विदाको घोषणा गरेको छ । नगरपालिकाको शिक्षा शाखाद्धारा जारी सूचना अनुसार बुद्धभुमिका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा हिउँदे बिदाको निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत कृष्णप्रसाद भट्टाराईकले बताउनुभयो ।

भट्टराईका अनुसार शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकले हिउँदे विदा दिने निर्णय गरेको हो । समितिको निर्णय अनुसार बुद्धभुमिमा अब पुष २५ गते देखि पुष ३० सम्मका लागि बिदा दिइएको छ ।

कपिलवस्तु सहित देशभर बढिरहेको चिसोका कारण नगरपालिका अन्र्तगतका विद्यालयमा अध्ययन गर्ने बालवालिकाहरु बढि प्रभावित भएको उल्लेख गर्दै बिदा दिइएको हो । यसैबिच यस अघि जिल्लाको कृष्णनगर नगरपालिकाले समेत चिसो बढेको भन्दै विद्यालयमा तीन दिनको विदा दिएको थियो । यस्तै महाराजगञ्ज नगरपालिकाले पनि नगर अन्र्तगतका विद्यालयमा विदा दिएको थियो ।

यता बाणगंगा नगरपालिकामा भने पुष २२ गते देखि अर्धबार्षिक परीक्षा संचालन भएको छ । संस्थागत विद्यालयहरुले आफ्नै किसिमले परीक्षा लिएको भए पनि सामुदायिक विद्यालयहरुले भने नगरपालिका अन्र्तगतको परीक्षा समितिको निर्णय अनुसार अर्धवार्षिक परीक्षा संचालन गरेका हुन । बढ्दो चिसोका कारण जिल्लाका अन्य पालिकाहरुले पनि हिउँदे बिदाको तयारी गरेका छन् ।

प्रतिक्रिया