

१–१ काे मा सङ्कटा र सातदोबाटो

काठमाण्डाै
शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज शुक्रवारदेखि सुरु भएको आठौँ चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा सकिएकाे छ ।
त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले एक–एक गोलकाे बराबरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक–एक गोल गरेका थिए ।
सातदोबाटोका लागि सुशील राईले २३ औँ मिनेटमा गोल गर्दै टाेलीलाई एक–शून्य अग्रता दिलाएका थिए । सातदोबाटोको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ३२ औँ मिनेटमा सङ्कटाका लागि जयाले गोल गर्दै खेललाई एक–एक को बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि खेल एक–एक गोलको बराबरीमा सकिएकाे हेा ।
याे बराबरी खेलसँगै अपराजित रहेको सङ्कटा आठ खेलबाट १४ अङ्क जोडेर अङ्कतालिकाको तेस्रो स्थानमा छ भने समान खेल खेलेको सातदोबाटो नाै अङ्क जोडेर तालिकाको आठौँ स्थानमा छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया