मानवअधिकार एलायन्स कपिलवस्तुको आयोजना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोभिड १९ ले सामाजिक क्षेत्रमा पारेको प्रभावका विषयमा सिद्धार्थ सहकारी सस्थाको सभाहलमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार एलायन्स कपिलवस्तुको आयोजनामा र सिद्धार्थ सामाजिक बिकास केन्द्र को सहयोग तथा सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा कोभिडले मानव जीवनमा पारेका सकारात्मक तथा नकारात्मक प्रभाव को बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा मानवाधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोम नारायण पौडेलले कोभिडले सामाजिक बिकास तथा निर्माणमा पारेका प्रभाव र अवसरका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । उपाध्यक्ष पौडेलले कोभिडले समस्या सङ्गै विभिन्न अवसर पनि सङ्गै ल्याएकोले अवसरलाइ चिनेर अगाडि बढ्नुपर्ने बताउनु भयो । कोभिडले शिक्षालाई प्राविधिमैत्री, युवालाइ स्वदेशमा नै उत्पादनको क्षेत्रमा परिचालन र भोलिका दिनमा आउन सक्ने सकट तथा जोखिम लाई मध्यनजर गर्दै यस्को समाधानका लागि आजबाट नै सम्पुर्ण संघ सस्थाहरु लाग्नु पर्ने भने भावनाको बिकास गराएको बताउनु भयो । यसका साथै देशको रुपान्तरणमा युवाहरूलाई परिचालन गर्न, देशमा अस्पतालको अवस्था राम्रो बनाउनुका साथै नेपालले विभिन्न जडिबुटी प्रसोधन गरि अन्तरास्ट्रिय बजारमा बिस्तार गर्न सक्ने अवसर कोभिडले प्रदान गरेको उहाको भनाइ छ ।

महामारीको समयमा ३ तहका सरकार ले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै गैरसरकारी संस्थाको भुमिका प्रसंशानिय रहेको बताउनु भयो । कार्यक्रममा मानवअधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेले कोभिडले शिक्षा क्षेत्र र बिद्यार्थीमा पारेको प्रभाव बारे प्रस्तुतीकरण राख्नु भएको थियो । अध्यक्ष घिमिरेले कोभिडले देशको अर्थतन्त्र सङ्गै शिक्षा क्षेत्रमा पनि प्रभाव परेको बताउनु भयो । लामोसमयको लकडाउन र अझै पनि कोरोनाका विभिन्न भेरिएन्ट फैलनुले बिद्यार्थीमा आफ्नो भबिस्यलाई लिएर नैरास्यता पैदा भएको घिमिरेको भनाई छ । हरेक चुनौती तथा समस्या सङ्गै अवसर पनि सङ्गै आउने हुँदा कोरोनाले बिद्यार्थीमा केही सकारात्मक कुरा सिकाएको बताउनु भयो । कोरोनाको बेला धेरै अभिभावक आफ्नो छोराछोरी सङ्गै बस्ने मौका पाउनु भो यस्ले गर्दा बालबालिका ले नैतिक शिक्षा हासिल गर्न सके यति मात्र हैन उनिहरुमा सरसफाइ लगाएरत जीवन सिपको बिकास भयो यो सकारात्मक पक्ष हो उहाले भन्नुभयो । कार्यक्रममा मानवअधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्षको पोम नारायण पौडेलको प्रमुख अतिथिता,रोमकान्त घिमिरेको अध्यक्षता रहेको थियो । त्यसतै मानवअधिकार एलाइन्स कपिलवस्तुको उपाध्यक्ष गीत भुसाल, जिल्ला सदस्य कुलराज पौडेलले आफ्नो सान्दर्भिक भनाई राख्दै अन्तरक्रिया प्रभावकरी रहेको बताउनु भयो । एलाइन्सका जिल्ला सचीव थानेश्वर अधिकारीको सन्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, मानवअधिकारकर्मी पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया