

बाणगंगामा सीपमूलक कार्यका लागि स्वयम् हेरचाह कृषि समूहलाई चेक हस्तान्त्रण


कपिलवस्तु ।
कपिलवस्तुको बाण्गांगा नगरपालिका वडा नम्बर ८ स्थित बाणगंगा स्वयम् हेरचाह कृषि समूहलाई एक कार्यक्रमका बिचमा नगद ७० हजार रुपैँयाको चेक हस्तान्त्रण गरिएको छ ।
वडा नम्बर ८ स्थित मोतिपुर स्वाथ्य चौकीमा आयोजित कार्यक्रम मार्फत कालिका स्वाबलम्बन केन्द्र कपिलवस्तु तथा आधारभूत स्वास्थ्य परियोजनाले लक्षित बर्गका नागरिकहरुलाई आयआर्जनमा क्रियाशिल गराउन र सीपमूलक कार्य गर्नका लागि सो रकम प्रदान गरेको जनाइएको छ ।
कार्यक्रममा बाणगंगा हेरचाह कृषि समूहका अध्यक्ष पवित्रा कुवँरको अध्क्षता तथा वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधी भुषालको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै आधारभूत स्वास्थ्य परियोजनाका जिल्ला कोर्डिनेटर निशान गुरुङ, हर्नामपुर प्राथामिक स्वास्थ्य केन्द्रका डा.गंगाराम यादवलगाएतको उपस्थिती रहेको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।

प्रमूख घिमिरेको स्ांचालन रहेको सो कार्यक्रममा परियोजनाको उद्धेश्यमाथि जिल्ला कोर्डिनेटर निशान गुरुङले प्रकाश पार्नुभयो भने वडा अध्यक्ष गुणानिधी भुषालले समुहलाई चेक हस्तान्त्रण गर्दै लक्षित वर्गलाई फाइदा हुने गरी आयआर्जन र सीपमूलक कार्य गर्नका लागि १५ दिन भित्रै योजना बनाई वड कार्यालयमा पेश गर्न आग्रह गर्नुभएको छ । यस्तै उहाँले अपांगता भएका व्यक्तिहरुले संचालन गरेका समुहहरुलाई वडा कार्यालयबाट प्रवाह हुने सेवा सहित लक्षित समुहले आयआर्जन र सीपमूलक कार्यका लागि पहल गरे आफुले पनि प्राथामिकतामा राखी सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा ३० जना अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा हर्नामपुर प्राथामिक स्वास्थ्य केन्द्रका गंगाराम यादवले कुष्ठरोग, तथा हात्तीपाईले भई अपाङ्ग भएका व्यक्तिहरुको अहिलेको अवस्थाका बारेमा सम्बोधन गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा कुष्ठरोग तथा हात्तीपाईले आदी रोगहरुका कारण अपाङ्गता भएकाहरुलाई घरमै कसरी हेरचाह गर्ने लगाएतका विषयमा मोतिपुर स्वास्थ्य चौकी प्रमूख घिमिरेले सहजिकरण गर्नुभएको थियो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया