

फेरि बढ्न थाल्याे कोरोना सङ्क्रमण, २४ घण्टामा चार सय ३५ सङ्क्रमित थपिए


काठमाण्डाै
नेपालमा कोरोना सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा चार सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार दुई सय ६७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव २३ प्रतिशत अर्थात् चार सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्ला केही हप्तायता सङ्क्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३९ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १३ हजार एक सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा पाँच हजार दुई सय २५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४६ हजार तीन सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा एक करोड आठ लाख चार हजार चार सय १३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।यस्तै एक करोड ४७ लाख १७ हजार दुई सय २६ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया