

टर्यो नेपाली क्रिकेटको दुर्घटना, ज्ञानेन्द्र मल्लसहित ९ जना प्रशिक्षणमा फर्किए

काठमाडौं
ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् । यससँगै नेपाली क्रिकेटको सम्भावित दुर्घटना टरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । उनीहरुलाई १७ पुससम्म रिपोर्टिङ गर्न भनिएको थियो ।
तर १४ खेलाडीले कप्तान र उपकप्तान हटाउने तथा चार जनालाई २०२२ को ६ महिना सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने क्रिकेट संघको निर्णयको फिर्ता नभएसम्म बन्द प्रशिक्षणमा नजाने अडान लिएका थिए । कारबाहीमा परेका चार जनाले छुट्टै र १० जनाले छुट्टै पत्र लेखेर निर्णयको फिर्ता नभएसम्म बन्द प्रशिक्षणमा नजाने अडान लिएका थिए ।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले शनिबार र आइतबार हटाइएका कप्तान ज्ञानेन्द्र मल्लसँग वार्ता गरे, तर सहमति हुन सकेको थिएन । मल्लले टी–२० को कप्तान सन्दीप लामिछानेलाई कायम राख्दा एकदिवसीयको कप्तान आफू र उपकप्तान दीपेन्द्र सिंह ऐरी नै हुनुपर्ने, ग्रेडिङ सुधार गर्नुपर्ने अडान राखेका थिए ।
केही खेलाडी बन्द प्रशिक्षणमा गएपछि मल्ल दबावमा परे । आइतबार साँझसम्म उनीसहित ९ जना बन्द प्रशिक्षणमा जाने कि नजाने अलमलमा थिए । सोमबार भएको छलफलपछि सबै जना राष्ट्रिय टिम बन्द प्रशिक्षणका लागि होटलमा पुगेका हुन् ।
स्रोतका अनुसार क्रिकेट संघका अध्यक्ष चन्दले सन् २०२१ को ग्रेडिङमा नपरेका रोहितकुमार पौडेल, विक्रम शोब र गुल्सन झालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । कप्तानबारे भने केही प्रतिवद्धता जनाएको छैन ।
यसरी सुरु भएको थियो विवाद ?
क्रिकेट संघ र खेलाडीहरुको विवाद कात्तिकमा सार्वजनिक भएको ग्रेडिङबाट सतहमा आएको थियो । क्रिकेट संघले गरेको ग्रेडिङमा खेलाडीहरुले असन्तुष्टि जनाए र सेन्ट्रल कन्ट्र्याक्टमा हस्ताक्षर नगरेका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहितका चार जनाले सञ्चार माध्यममा विवादबारे धारणासमेत सार्वजनिक गरे ।
त्यसलाई लिएर क्रिकेट संघले २५ कात्तिकमा खेलाडीहरु ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी गरी चार जनालाई स्पष्टीकरण सोध्यो ।
खेलाडीहरुले ३० कात्तिकमा जवाफ मात्र दिएनन्, ५ मंसिरमा थप खेलाडीहरुको हस्ताक्षरसहित आफ्ना मागहरु राखेर ७ दिनभित्र जवाफ दिन ‘अल्टिमेटम’ दिए ।
क्यानले १२ मंसिरमा २७ घण्टे अर्को स्पष्टीकरण सोध्यो । खेलाडीहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै क्यानले २९ मंसिरमा अनुशासन उल्लंघन गरेको ठहर गर्दै मल्ललाई कप्तान, ऐरीलाई उपकप्तानबाट हटाउनुका साथै उनीहरुसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ मा ६ महिना सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने निर्णय गर्यो । साथै सन्दीपलाई नयाँ कप्तान घोषणा गरेको थियो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया