

कोरोना संक्रमणको सुनामी आउँदै : डब्ल्युएचओ


काठमाडौं
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ ।
संगठनका प्रमुख टेड्रोस ग्याब्रियसले अमेरिका र युरोपमा यी दुई भेरियन्टको संक्रमण जसरी बढेको छ त्यसलाई सुनामी भन्नुभएको हो । फ्रान्समा एकैदिन हिजो २ लाख ८ हजार संक्रमित थपिएका छन् । जुन अघिल्लो दिन १ लाख ८० हजार थियो ।
त्यस्तै, अमेरिकामा पछिल्लो साताको रेकर्डले दैनिक २ लाख ६५ हजार भन्दा बढी नयाँ बिरामीहरु थपिने गरेको देखाएको छ । अष्ट्रेलिया, पोल्याण्ड, डेनमार्क, पोर्चुगल र बेलायतमा पनि संक्रमितहरुको दैनिक नयाँ नयाँ रेकर्ड बनेको छ ।
औसतमा अहिले विश्वमा दैनिक ९ लाख बढी नयाँ विरामी थपिने गरेको तथ्यांक सार्वजनिक भएको छ । संक्रमणको गतिले यसै पनि थकित भईसकेका स्वास्थ्यकर्मीहरुमाथि थप दबाव बढाएको भन्दै ग्याव्रियसले कतै स्वास्थ्य प्रणालीहरु नै फेल हुने त होइन भन्ने त्रास बढेको बताउनुभयो ।
धनी राष्ट्रहरुले गरीब देशहरुलाई खोप उपलब्ध गराउन छाडेर आफूहरुले बुस्टर डोजमा जोड दिंदा महामारी सोचे भन्दा धेरै समय लम्बिने देखिएको उहाँको भनाइ छ ।
अहिले पनि विश्वका एक सय भन्दा धेरै देशले आफ्नो जनसंख्याको ४० प्रतिशतलाई खोप लगाउन नसकेको डब्लुएचओको तथ्यांक छ ।
डल्ब्लुएचओ प्रमखुले सन् २०२२ को मध्यसम्ममा विश्वका ७० प्रतिशत मानिसलाई खोप लगाउने नयाँ वर्षको प्रतिवद्धता जनाउन विश्व नेताहरुलाई आह्वान गर्नुभएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया