

सेन्ट्रल जोन भलिबलको विजेता टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने


काठमाण्डाै
सरकारले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको राष्ट्रिय महिला टाेलीका सदस्यलाई पाँच लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ ।
आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई पाँच/पाँच लाख रुपैयाँ, प्रशिक्षकलाई तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीलाई नगद पुरस्कार दिने प्रस्ताव युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गर्नुभएको थियो ।
बङ्गलादेशकाे ढाकामा हिजो मङ्गलवार भएको फाइनलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै उपाधि जितेको थियो । उपाधि विजेता नेपाली टाेली भाेलि बिहीवार नेपाल फर्कनेछ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया