बाणगंगा ७ मा संचालित शिविरबाट ४ सय बढीले निःशुल्क आँखा जाँच गराए

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका अन्र्तगत ७ नम्बर वडा कार्यालयले मंगलबार वडा भित्रका नागरकहरुलाई निःशुल्क आखाँ शिविर संचालन गरको छ ।

वडा कार्यालयको चालु आर्थिक वर्षको लक्षित वर्गको कार्यक्रम अन्र्तगत विनियोजित ५० हजार बजेटबाट मंगलबार वडाका आखाँको समस्या भएका बिरामीहरुलाई निशुल्क शिविर संचालन गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।

शिविरमा रुपन्देही स्थित रण अम्बिका अखाँ अस्पातालका विशेषज्ञ चिकित्कहरुको प्राविधिक सहयोगमा वडाका जनप्रतिनिधि, टोलविकास संस्थाका पदाधिकारी लगाएताको उपस्थितिका बिचमा शिविरको उद्घाटन गरिएको थियो । वडा भित्रका आखाँको समस्या भएका नागरिकहरुलाई तीन दिन पहिले नै सूचना जारी गरिएको र सोही सूचनाका आधारमा झण्डै ४ सय १५ भन्दा बढीले निशुल्क शिविरबाट आखाँको जाँच गराएको वडा अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

बाणगंगा नगरपालिकाको वडा नम्बर ७ स्थित जनचेतना आधारभूत विद्यालयमा आयोजित शिविरमा जाँच गरिएका मध्ये ६० जनामा मोतियाविन्दुको समस्या देखिएको विशेषज्ञ टोलिले जनाएको छ । मोतिया विन्दुको समस्या देखिएका बिरामीहरुलाई निशुल्क बुटवल स्थित लायन्स क्लवमा शल्यक्रिया गरिने वडा कार्यालयले जनाएको छ ।
यस्तै आखाँको सामान्य समस्य देखिएकाहरुलाई पनि निःशुल्क औषधि प्रदान गरिएको छ ।

प्रतिक्रिया

खबर सबै