


जनयुद्ध र मधेस विद्रोहको जगमा गणतन्त्र स्थापना भएको हो : उपेन्द्र यादव



काठ्माण्डौ ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस विद्रोहको जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सत्यनिरूपण तथा मेलमिलाप आयोग अझै अलपत्र रहेको भन्दै बेपत्ता परिवारहरूले अझै न्याय नपाएको बताए। उनीहरूलाई न्याय दिनुपर्ने उनको धारणा छ।
उनले देशमा वर्ग विभेद र वर्ण विभेद रहेको बताए। प्राप्त उपलब्धिहरू धरापमा पर्ने हुन् कि भन्ने खतरा रहेको उनले बताए। विगतमा भएका कमीकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने उनले बताए। संविधानलाई दीपावली गर्नेको मात्र होइन ‘बल्याक आउट’ गर्नेको पनि संविधान बनाउन संशोधन गर्नुपर्ने बताए। संसद् अवरोध गरेर कुनै उपलब्धि नहुने भन्दै हठ त्यागेर मुलुकको हितमा नयाँ ढंगले सोच्न उनले आग्रह गरे।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया