

कपिलवस्तुको शिवराजमा राष्ट्रिय जनमोर्चाको नगर पार्टी कार्यालय उद्घाटन



कपिलवस्तु।
राष्ट्रिय जनमोर्चा कपिलवस्तु शिवराज नगरपालिकाको चन्द्रौटमा नगर पार्टी कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति अध्यक्ष केयर सिंह पुनको अध्यक्षतामा भएको कार्यक्रमकमा जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यले उद्घाटन गर्नु भएको हो ।
उहाँले शिवराज नगर समिति र यहाँका कार्यक्रताहरुले राम्रो कामको सुरुवात गरेकोमा बधाई दिँदै कार्यालय नियमित सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अब स्थानिय निर्वाचनको लागि पनि लाग्न निर्देशन दिँदै, यो कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुकका केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकाहर केर सिंह अदैले आज सम्म कार्यालय आफ्नो आफ्नो झोला बाट सञ्चालन गरेको भन्दै अब कार्यालय स्थापना भए पछि , जनता संग सम्पर्क बढ्ने , जनवर्गीय संगठनहरूलाई ब्याबस्थित गरिने, जनताको मुद्दा मामिला, छलफल गर्न र स्थानीय निर्वाचनको लागि कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । देशको राजनीतिक अवस्था , स्थानिय निर्वाचनको तयारी लगाएतका विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा जातिय समता समाजका केन्द्रीय सल्लाहकार, दिलबहादुर वि.क, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य राम बहादुर वि.क ले पनि सम्बोधन गर्नूभयो ।
रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समितिका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेत नारायण खनालले गर्नु भएको थियो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया