

सुत्केरी आमाहरुलाई महिला पोषण सम्बन्धी अभिमुखिकरण


कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित मोतिपुर स्वास्थ्य चौकिमा शुक्रबार स्तनपानको महत्व र सुत्केरी मसला बनाउने प्रयोगात्मक अभ्यास सहितको महिलाका लागि पोषण कार्यक्रम सम्पन्न गरिएको छ ।
मोतिपुर स्वास्थ्य चौकी सेवा क्षेत्र अन्र्तगतका सुत्केरी महिलाहरु र एक हजार दिनका सुत्केरी आमाहरुको सहभागितामा उनीहरुलाई प्रशिक्षण गरिएको स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।
मोतिपुर आर्युवेद औषधालयद्धारा आयोजित कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकी प्रमूख घिमिरेले ‘स्तनपानले बालबालिकालाई उनीहरुको जीवनको उत्कृष्ट शुरुवातको सम्भावना दिने भएकाले स्तनपान महत्वपूर्ण रहने बताउनुभयो । सुत्केरी आमाहरुले आफ्ना शिशुहरुलाई जीवनको उच्चतम समय सम्म स्तनपानमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
विश्वभर जन्मेको एक घण्टाभित्रै शिशुहरुलाई स्तनपान गराउने कुरा महत्वपूर्ण भएपनि, धेरै नवजात शिशुहरु विभिन्न कारणले गर्दा स्तनपानको लागि लामो समय प्रतिक्षा गर्न बाध्य छन् । त्यस विषयमा समेत ध्यान दिन घिमिरेले आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा मोतिपुर आर्यूवेद औषधालयका वैद्य अनुपमा पराजुलीले सहभागिहरुलाई सुत्केरी मसला बनाउने विधिबारे प्रयोगात्मक अभ्यास समेत गराउनुभयो । उहाँले आर्युवेद औषधालयले दिने सेवा तथा आर्युवेद उपचार पद्धतिका बारेमा समेत सहभागिहरुलाई जानकारी दिनुभएको छ ।
कार्यक्रममा स्थानीय आमा समुहका अध्यक्ष ललिता देवी घिमिरेको अध्यक्षत सहित मोतिपुर अर्युवेद औषधालयका प्रमूख तेजबहादुर सोमै, स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वास्थ्य चौकी सेवा क्षेत्रका ३५ जना एक हजार दिनका सुत्केरीहरुको सहभागिता रहेको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया