


एमालेले धाक दिँदै हिँडेकाे छ, आउँदाे चुनावमा हालत देखिने छ : प्रचण्ड



काठमाण्डाै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) ले धाक दिँदै हिँडेको भन्दै आउँदाे चुनावमा उनीहरूको हालत नागरिकले देखाउने टिप्पणी गर्नुभयो । आज शुक्रवार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयो, ‘आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेको थिएँ । के भयो आगोसँग खेल्दा ? बालुवाटारबाट बालकोट भयो । ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट भयो । अहिले बडो धाक, धम्की लगाएर त हिँडेका छन् । उनीहरूकाे त्यो धाक, धम्की मात्रै हो । आउने चुनावमा देखिने छ । कसको हालत के भयो र कसको हालत के हुने ? त्यो नेपाली जनताले देखाउने छन् ।’
अध्यक्ष दाहालले गठबन्धनका राजनीतिक दल र दलका नेताहरूसँग आफूहरूको कुनै पनि प्रकारको वैरभाव नरहेको बताउनुभयो । माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै गठबन्धनका नेता र पार्टीसँग हाम्रो कसैसँग कुनै वैरभाव छैन । बरु त्यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भन्ने हाम्रो विश्वास छ । र हाम्रो तर्फबाट त्यसको निम्ति लगातार प्रयास भएको छ । रहिरहने छ । हाम्रो आजको यो एकीकरण कार्यक्रमले गठबन्धनमा रहेका कुनै पनि पार्टी, नेता या संस्थालाई कुनै नकारात्मक असर पर्ने छैन भनेर म विश्वास व्यक्त गर्न चाहन्छु ।’
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकीकरण भएको घोषणा गरिएको हो । नेकपा मसाल (सम्पर्क केन्द्र) को तर्फबाट नेतृत्व लोकेन्द्र लम्सालले गर्नुभएको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया