

२४ घण्टामा २ सय ६० जनामा काेराेना पुष्टि, ३ सय ४९ जना निकाे


काठमाण्डाै
पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार आठ सय ९८ जनाको नमुना परीक्षण गर्दा दुई सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय ४९ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १० हजार दुई सय ७१ पुगेको छ ।
यही अवधिमा थप एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८२ पुगेको छ । अहिले नेपालमा पाँच हजार ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार तीन सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९९ लाख २७ हजार एक सय २३ जना र कम्तीमा एक मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड २९ लाख १३ हजार ६६ पुगेको छ ।
नेपालमा अहिलेसम्म तीन करोड ८५ लाख ३९ हजार तीन सय ६७ मात्रा कोरोनाविरुद्धको खोप प्राप्त भएकोमा दुई करोड २८ लाख ४० हजार एक सय ८९ मात्रा खोप प्रयोग भइसकेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया