

ओमिक्रोन भेरियन्टको बढ्दो त्रास


काठमाडौं
नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले ५८ वर्षीय एक जना वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताइन् । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य मन्त्रालयको नियमित सम्पर्कमा रहेर उनको उपचार भइरहेको उनले बताइन् ।
प्रवक्ता मिश्राका अनुसार २२ जनामा डेल्टा भेरियन्ट पुष्टि छ । हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।
कति खतरनाक छ ?
पछिल्लो समय क्रमिक रूपमा कम हुँदै गएको संक्रमित दर नयाँ भेरिएन्ट भित्रिए अवस्था जटिल हुन सक्ने देखिन्छ । वैज्ञानिकहरूले ओमिक्रोन पहिलेका भेरियन्टभन्दा खतरनाक नभएको बताइरहेका छन् । यद्यपि, सो भेरियन्ट लागेर अमेरिकामा एक जनाको मृत्यु भइसकेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु हुने व्यक्तिले कोरोनाको कुनै पनि खोप नलिएको पाइएको उल्लेख गरेका छन् ।
अमेरिकी सरकारका मेडिकल सल्लाहकार डा. एन्थोनी फाउचीले ओमिक्रोन बढी संक्रामक भए पनि यसले डेल्टाले जस्तो बिरामीलाई बढी सिकिस्त नबनाउने बताएका छन् । यद्यपि डा. फाउजीले सो भेरियन्टको विषयमा विस्तृत अध्ययन हुनुपर्ने र संसारभरबाट डाटा संकलन गर्नुपर्ने अमेरिकी सञ्चार एजेन्सीलाई बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया