


लुम्बिनी प्रदेशको खुला केन्द्रीय सदस्यमा कँडेल र केसी विजयी



काठमाडौं : नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको खुला दुई सदस्यमा देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणनामा कँडेलले २७२७ र केसीले २२६७ मत पाएका छन्। खुलातर्फका ६ प्रतिस्पर्धीमध्येबाट कँडेल र केसी निर्वाचित भएका हुन्।
यस्तै, महिलातर्फ लुम्बिनी प्रदेशबाट शिला शर्मा खड्का निर्वाचित भएकी छन्। खड्काले २६७३ मत पाइन्। महिलातर्फको एक पदको लागि तीन जनाको प्रतिस्पर्धा थियो।
निर्वाचित तीनै जना सभापति शेरबहादुर देउवा पक्षका हुन्।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया