

२४ घण्टामा २ सय ९० जना सङ्क्रमित थपिए, २ लाख ४७ हजार जनाले खाेप लगाए





काठमाण्डाै
पछिल्लो २४ घण्टामा दुई सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ८९ जनाको नमुना परीक्षण गर्दा दुई सय ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । याेसहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ लाख नाै हजार तीन सय ८७ जना र एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ९६ हजार २१ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३२ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख नौ हजार तीन सय ८७ जना पुगेको छ ।
यही अवधिमा तीन जना सङ्क्रमितले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ७७ पुगेको छ । अहिले नेपालमा पाँच हजार दुई सय ४२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार आठ सय १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ९७ लाख ३७ हजार तीन सय ३३ जनाले पूर्ण मात्रा र एक करोड २२ लाख ५१ हजार एक सय ८३ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।
नेपालमा अहिलेसम्म तीन करोड ८५ लाख ३९ हजार तीन सय ६७ मात्रा खोप प्राप्त भएकोमा दुई करोड १९ लाख ८८ हजार पाँच सय १६ मात्रा खोप प्रयोग भएको छ । अहिले १२ वर्षमाथिका सबैका लागि खोप अभियान चलिरहेको छ । धेरै खोप भण्डारणमा रहेको भन्दै सरकारले खोप लगाउन छुटेकाहरूलाई पायक पर्ने ठाउँमा गएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया