

बालबालिकालाई चिसोबाट कसरी बचाउने ?





काठमाडौं
केही दिनयता लगातार चिसो बढ्दै गएको छ । यो मौसममा प्रायजसोलाई रुघाखोकीले सताउने भएपनि १० वर्षमुनिका बालबालिकामा भने बढी जोखिम हुन्छन्। रुघाखोकी वा ज्वरो आएमा बालबालिका सुस्त हुन्छन् र खानपान छोड्छन्। यही समयमा रोगले झनै च्पाप्ने मौका पाउछ। जसले गर्दा उनीहरु बारम्बार बिरामी भइरहन्छन्। त्यसैले यो समयमा अभिभावकले बालबालिकाको खानपानदेखि पहिरनसम्म विशेष ध्यान दिनुपर्छ।
चिसो नहोस् भनेर बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनु निकै जरुरी हुन्छ। तल दिइएका पाँच कुरामा विशेष ध्यान दिन सकियो भने बालबालिकाहरुलाई चिसोबाट जोगाउन सकिन्छ।
खानामा तरकारी र फलफूल बढी दिने : संक्रमणसँग लड्न पोषक तत्वले महत्त्वपूर्ण भूमिका खेल्छ। बच्चाहरुका लागि सुन्तला, स्ट्रबेरी, टमाटर र ब्रोकाउली जस्ता भिटामिन सिट्रस फलहरू खान दिनुपर्छ। यी फलफूल र तरकारीहरूले सामान्य चिसो र चिसोबाट जोगाउने काम गर्छन्। भिटामिन सीले बच्चाहरूलाई चिसो लागे पनि छिट्टै निको हुन मद्दत गर्छ।
सुत्ने समय बढाउने : अनुसन्धानका अनुसार पर्याप्त निद्रा नपुगेका मानिसलाई रुघाखोकी र फ्लू जस्ता रोग लाग्ने सम्भावना बढी हुन्छ । अष्ट्रेलियामा बालबालिकाका लागि जारी गरिएको निर्देशिका अनुसार बालबालिकाले ११ देखि १४ घण्टासम्म राम्रो निद्रा लिनुपर्छ । ५ देखि १३ वर्षसम्मका बालबालिकाका लागि ९ देखि ११ घण्टा सुत्नु राम्रो हुन्छ ।
खेल्न पठाउने – चिसोमा खेल्न बाहिर जानुको सुझाव अनौठो लाग्न सक्छ, तर बच्चाहरूको स्वास्थ्यको लागि यो साँच्चै महत्पूर्ण छ। अध्ययनका अनुसार बच्चाहरूले खेल्दा व्यायाम गर्छन्, जसले रोग प्रतिरोधी प्रणालीलाई कीटाणुविरुद्ध लड्न मद्दत गर्छ। बच्चाहरूलाई सधैं शारीरिक रूपमा सक्रिय राख्नुपर्छ।
सरसफाइको बानी बसाल्ने : बालबालिकालाई सरसफाइ कसरी गर्ने भनेर सिकाउनुपर्छ। सरसफाइ राख्नाले प्रतिरक्षा प्रणालीमा दबाब कम हुन्छ। सरसफाइ ले बालबालिकाको छाला नरम हुन्छ। जाडोबाट बचाउन उनीहरूले नरम ऊनी लुगा लगाउनुपर्छ।
न्यानो कपडा लगाइदिने : चिसो हावाले बालबालिकाहरुलाई छिटो समात्छ। त्यसैले उनीहरुलाई ज्याकेट, टोपी, पन्जा र मोजा लगाइदिनुपर्छ। तर, धेरै लुगा लगाउनबाट पनि बच्नुपर्छ । किनकि यसले बच्चाहरूलाई अलमल र रिस उठाउन मद्त गर्छ। त्यसैले उनीहरुलाई हलुवा र न्यानो दिने खालका लुगा लगाइदिनुपर्छ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया