

शिक्षा नियमावली संशोधन हुन्छः शिक्षामन्त्री पौडेल



बुटवल । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नियमावली संसोधन गरेर भए पनि शिक्षक तथा कर्मचारीहरुको समस्या समाधान गरिने बताएका छन्। बुटवलस्थित कान्ति माविको ६८औ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री पौडेलले शिक्षक तथा कर्मचारीहरुको समस्या समाधानको लागि सरकार जहिले पनि तयार रहेको बताए।
स्थानीय स्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने गरी यही महिनामा शिक्षक सेवाबाट स्थायी रुपमा पदपूर्ति गर्न लागिएको भन्दै उनले विद्यार्थी अनुपातमा दरबन्दी सिर्जना गरिने बताए।
पौडेलले यही वर्षमा नै शिक्षक केन्द्रित केन्द्रीयस्तरको अस्पताल निर्माणको लागि सरकारले काम अगाडि बढाएको बताए। यही वर्षदेखिनै अस्पताल निर्माणको काम सुरु हुने उनले बताए। यस्तै प्रदेश प्रदेशमा एउटा नमुना विद्युतीय पुस्तकालय स्थापनाको लागि सरकारले पहल गरिरहेको उनको भनाइ छ।
कान्ति मावि नेपालमा विज्ञान विषयको लागि नमूना विद्यालय रहेको भन्दै पौडेलले विद्यालयको भवनसहितको भौतिक पूर्वाधार निर्माणको लागि बजेट कमी हुन नदिने बताए।
उनले भने, ‘विद्यालयको भौतिक पूर्वाधार विकास, भवन निर्माणको लागि कुनै पनि बजेट कमि हुँदैन, यो कुरामा समस्या भए डाइरेक्ट मसँग आउनुहोला।’
प्रदेशको नमुना विद्यालय मात्रै नभएर देशकै नमुना विद्यालय बनाउने गरी काम अगाडि बढाउनका लागि मन्त्री पौडेलले आग्रह गरेका थिए।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया