

नेपालले श्रीलङ्कालाई ६–० गोल अन्तरले हरायो

काठमाण्डौ
१९ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई ६–० गोलले हराएको छ । बङ्गलादेशको ढाकामा आज बुधवार भएको दाेस्राे खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो ।
नेपालका लागि रश्मीकुमारी घिसिङले दुई तथा सविता राना मगर, मेनुकाकुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक/एक गोल गरे ।
श्रीलङ्कालाई हराएसँगै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको छ । जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पहिलो खेलमा नेपालले बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
श्रीलङ्काको यो लगातार तेस्रो हार हो । श्रीलङ्का अङ्कविहीन छ । यसअघिका खेलमा श्रीलङ्का, भुटान र भारतसँग पराजित भएको थियो ।
नेपालले आउँदो १७ तारिखमा भुटानसँग र १९ तारिखमा भारतसँग खेल्नेछ ।
आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का गरी पाँच देश सहभागी प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
सन् २०१८ मा भएको च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया